२०८१ बैशाख ८ , शनिवार

मोवाइल लुटेको आरोपमा २ जना पूर्व प्रहरी पक्राउ

सुनाखरी न्युज / काठमाडौं – नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट मोवाइल लुटेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको छ । ‘प्रहरी हौं’ भनेर मोवाइल लुटेर हिँडेका दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीले बताए  ।

 

पक्राउ पर्नेमा पूर्व असई बालसुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्की छन । पसलमा गएर उनीहरुले ‘हामी प्रहरी हौं, तपाइसँग भ्याट बिल रहेनछ’ भनेर ३ वटा मोवाइल लिएर हिँडेका थिए ।
आइतबार दिउँसो ‘प्रहरी हौं’ भनेर मोवाइल लिएर हिँडेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए । आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी भट्टराइले जानकारी दिए ।