२०८१ बैशाख १३ , बिहिवार

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आईरहेको समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ ।

 

उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्नशाक्यले आजमिति २०७९ भाद्र २७गते बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाशपलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्ध प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्तकार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृतटिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराउनुभएको थियो । त्यस्तै चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताउनु भयो ।

 

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजनाअन्तरगत७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमाल्याएको छ ।