२०८१ बैशाख ८ , शनिवार

घट्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।