२०८१ बैशाख ४ , मंगलबार

मौसम : देशभर आंशिकदेखि सामान्य बदली

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै, प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश,गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका केही स्थानहरूमा मेघगर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।