२०८१ बैशाख १३ , बिहिवार

चिनियाँ जनकंग्रेसका अध्यक्ष लि आज नेपाल आउँदै

सुनाखरी न्युज/ काठमाडौं । चीनको संसद राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज (साेमबार) नेपाल आउने हुनु भएकाे छ ।

 

चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका लि सभामुख अग्नि सापकोटाको निमन्त्रणामा काठमाडौं आउन लाग्नु भएको हो । नेपाल बसाईका क्रमाम उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नुहुने छ ।

 

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम रहेको जनाइएकाे छ । पछिल्लाे समय नेपालमा अमेरिकासहित पश्चिमा देशहरुको प्रभाव बढिरहेकाे छ । साथै चीनबाट पनि एकपछि अर्को गर्दै उच्च स्तरका भ्रमणहरु भईरहेका छन् ।