२०८१ बैशाख ८ , शनिवार

स्वदेशमै छ अवसर

सुनाखरी न्युज/ काठमाडौं । कोभिड महामारीपछि कामको खोजीमाविदेशिने युवाको संख्या फेरी पनिआकाशिँदै जानथालिसकेको छ। श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृतिलिएको देखाएको छ।

 

तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो कामपाइरहेका छन्, जसको उदाहरण हुन् सन्जीब स्याङ्तान। २४ वर्षिय सन्जीव पेशाले को–अपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनिप्रदानगर्दै आइरहेका छन्। प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

१.तपाईले यहाँकाम गर्न थाल्नुभएको कतिभयो ?
मैले यो क्षत्रमाकाम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई– डिजिटल नेपालमाचाहिँविगत एक वर्षदेखि कार्यरत छु।
२.तपाइले जागिर खोज्ने क्रममा के–के गर्नुभयो, त्यसको बारेमापनिबताईदिनुहोस न ?
शुरुवातीअवस्थामाकामपाउनअलिक कठिन नै थियो। मैले मेरो साथीहरु, आफन्तलगायतचिने–जानेको सबैमार्फत कामखोजेँ। सामाजिक सञ्जालमाआउने हरेक विज्ञापन पनि हेर्थेँ, सम्पर्क गर्थेँ तर मेरो सिप र योग्यताअनुसारको काम भेट्टाउन सकिरहेको थिइँन। अन्त्यमा मैले फेसबुकमाकुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै कामपाउन सफलपनिभएँ।
३.कुमारी जबको बारेमा कसरी थाहापाउनुभयो ?
मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमाथाहापाएको हुँ।
४.कामको लागिकुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?
कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग ग¥यो। वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुतहुने भन्ने विषयमापनि राम्रो जानकारी प्रदान गर्नुभयो।
५.कुमारी जबले तपाईंलाई अन्तर्वातातयारीको लागि कस्तो सहयोग ग¥यो?
अन्तर्वाताको लागिवहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफदिने लगायतअन्य धेरै कुरामा सहयोग गर्नुभयो।
६.कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन?
मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु।
६.कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
पक्कै पनिकामले मलाई आर्थिक स्वतन्त्रतादिएको छ, र सँग–सँगै राम्रो जीवनशैलीदिएको छ। र सबैभन्दामहत्त्वपूर्ण भनेको मैले हरेक दिनसिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागितयार बनाएको छ।
७.तपाईं विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमै अवसर देख्नुहुन्छ ?
मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन।
८.त्यसो भएअहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ?
हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु।
९.यो अवसर जुराइदिएकोमाकुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?
मलाईकामखोज्न सहयोगगरेकोमाकुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाददिन चाहन्छु। साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्ययुवामित्रहरुलाई पनिकुमारी जब मार्फत कामखोज्न सुझाव दिन्छु। वहाँहरुले कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवाप्रदान गर्नुहुन्छ र यदितपाईंहरु पनिकामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवाकुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवालिन सक्नुहुनेछ भनेर पनिजानकारी दिन चाहन्छु।