२०७९ आश्विन १९ , बुधवार

कोरोना अपडेटः पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए ४१ संक्रमित

corona

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ५८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १०४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ४१ संक्रमित थपिएका हुन् ।

 

यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र ३२ जना छन् । यस्तै, ललितपुरमा आठ र भक्तपुरमा एक संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंपछि सबैभन्दा बढी चितवनमा १९ संक्रमित थपिएका छन् ।

यो अवधिमा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २०१ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।