२०८१ बैशाख १३ , बिहिवार

रोकिएन शेयर बजारको आरालो यात्रा, नेप्सेमा ११.४७ अंकको गिरावट, कारोबार रकम ७५ करोडमा सिमिति

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ११.४७ अंकले गिरावट भएर १९२६.२८ अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०.२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार बजारमा कारोबार रकम करिब ७५ करोडमा झरेको छ । आइतबार २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । गत साता बुधबार ८२ करोड र सोमबार ९० करोडमा सीमित भएको कारोबार रकम आइतबार त्यसभन्दा पनि घटेको छ ।

 

आइतबार कारोबार भएकोमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ३ करोड ९५ लाख ७८ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड १७ लाख ५१ हजारको कारोबार भएको छ । आइतबार कारोबार अवधिभर कुल १८९ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै २६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।