२०८० चैत्र १६ , शुक्रवार

अब्बल बन्दै एनआइसी एशिया बैंक

सुनाखरी न्युज/ काठमाडौं ।

 

एनआइसी एशिया बैंक स्थापनाको २५ औं बर्षमा पुगेको छ । रजत जयन्ती बर्षमा रहेको बैंकले स्थापनाको साँढे २ दशकको अवधिमा देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष २०७८र७९ मा मात्रै ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको जानकारी दिएको छ ।

 

बैंकले आव २०७८-७९ मा खुद मुनाफातर्फ ४।५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व(पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रहेको अनुमान गरेको बैंकले जनाएको छ । यसका साथै, प्रतिसेयर आम्दानीतर्फ ३९।१३ आर्जन गर्न बैंक सफल भएको जनाइएको छ ।

 

‘बैंकले आव २०७८-७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाता थप गर्दै ४० लाखभन्दा बढी खातामार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ,’ बैंकले भनेको छ ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी बैकिङ सेवा प्रवाह गर्दै आएको छ ।