२०८१ बैशाख १३ , बिहिवार

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

आज शुक्रबार एक ट्विट गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको उल्लेख गर्नुभएको छ ।

 

सन् १९६१ र सन् १९८६ मा भएका महारानी एलिजाबेथका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभयो ।​ महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।