२०७९ आश्विन १३ , बिहिवार

प्रधानमन्त्री देउवा चितवनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । चितवन- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएको छ ।

 

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आउनुभएको हो । बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन आउनुभएको हो । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै हुनुहुन्छ ।

यस सँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । उहाँसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आउनुभएको छ ।