२०८० चैत्र १६ , शुक्रवार

बढ्यो सुनचाँदीको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको हो । आज सुनको मुल्य प्रतितोला एक रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार नौ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।