२०८० चैत्र १६ , शुक्रवार

खल्तीवालेटद्धारा ट्राफिक प्रहरीलाई ६० थान व्याग हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । खल्तीवालेटले ब्रेथलाईजर मेसिन राख्नको लागी ट्राफिक प्रहरीलाई ६० थान ब्याग हस्तान्तरण गरेको छ ।

 

काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टलाई खल्ती वालेटका प्रोप्राईटर अरबिन्द शाहले व्याग हस्तान्तरण गर्नुभएको हो । ट्राफिक चेकजाँचको क्रममा ब्रेथलाईजर मेसिन खसेर फुट्ने सम्भावना रहेकोले यसको सुरक्षाको लागी व्याग हस्तान्तरण गरिएको प्रोप्राईटर शाहले बताउनुभयो ।

 

कार्यक्रममा खल्ती वालेटले ट्राफिक प्रहरीलाई व्याग हस्तान्तरण गरेकोमा प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद ज्ञापन समेत गर्नुभयो ।