२०८१ बैशाख ६ , बिहिवार

अजोड इन्सुरेन्स र इ–बीमा बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । पहिलो डिजिटल बीमा सेवाप्रदायक इ–बीमार अजोडइन्सुरेन्स लिमिटेडवीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इ–बीमाको तर्फबाटप्रबन्धनिर्देशक रोशनप्रसाद ज्ञवालीरअजोडइन्सुरेन्स लिमिटेडका तर्फबाटप्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्रीलेहस्ताक्षर गर्नुभएको छ।

 

हस्ताक्षरित सम्झौता आदान प्रदान गर्दै निर्देशक ज्ञवालीले अजोडइन्सुरेन्ससँगको पछिल्लो सहकार्यले नेपालीबीमाबजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामाजोडदिनुभयो । अजोडइन्सुरेन्सकाप्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, हामी सर्वसाधारणलाई बीमा सेवामापहुँचगर्न सजिलो माध्यमहरू सिर्जना गर्नमाविश्वास गर्छौं रइ–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म जस्तो देखिन्छ । हामी यस आबद्घसँगखुसी र आशावादी छौ । सम्झौताअनुसारइ–बीमाले संस्थागतएजेन्सीको रूपमाकाम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममाएकीकृतगरि सर्वसाधारण लाई बीमा योजनाहरू प्राप्तगर्न सजिलो र पहुँचयोग्य बनाउने छ ।

 

इ–बीमाले नेपालमाभएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक– स्टप समाधानहुने र देशका सबै बीमाप्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममाजोड्ने आशा राख्दछ । इ–बीमा सन् २०१५ देखि विभिन्नबीमाउत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ । इ–बीमाको सेवा गैर–जीवनबीमा योजनाहरू र उत्पादनहरूमामात्र सीमितनभई जीवनबीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमाआफ्नाग्राहकहरूलाई सबैभन्दाउदारीकृत खरिद विकल्पहरू प्रदानगर्न सक्रिय रूपमा संलग्न छ । इ–बीमाले विश्वव्यापी परिवर्तनको गतिमाबजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूकालागिबलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामालगानी गरेको छ ।

 

अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकरहरू र विभिन्न क्षेत्रहरूबाट सफलक्यारियर इतिहास भएकाउच्चउत्साही पेशेवरहरूद्वारा स्थापित र समर्थित इन्सुरेन्स हो ।