२०८१ बैशाख १३ , बिहिवार

समाजवादी ट्रेड युनियन महासंघको संगठन निर्माण अभियान तिब्र

सुनाखरी न्युज/ काठमाडौं ।जनता समाजवादी पार्टी, नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ ।

 

भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ । गत साउन १४ गते पुनर्गठन भएसंगै समाजवादी ट्रेड युनियन महासंघले आफ्नो संगठन निर्माणको अभियानलाई तिब्रता दिएको छ ।

 

महासंघले ७ वटै प्रदेश कमिटि तथा पेशागत घटक संगठनहरुको समेत भेला तथा पुनर्गठन गर्ने र महासंघलाई प्रभावकारी ढंगले श्रमिकका पक्षमा काम गर्ने योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले बताए ।