२०८० चैत्र १६ , शुक्रवार

नबिल र युनिलिभर बीच च्यानल फाइनान्सिङका लागि सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङका सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले भदौ २० गते सम्झौता पत्रका हस्ताक्षर गरेका छन् ।

 

उक्त सम्झौता कार्यक्रममा नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थिति थियो । सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङका सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो । यस अन्तर्गत युनिलिभर नेपाल लिसँग आबद्ध व्यवसायीहरु च्यानल पार्टनर रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङका कर्जा उपभोग गर्न पाउने छन् ।

 

च्यानल फाइनान्सिङकाका प्रमुख आर्कषण अन्तर्गत आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ । युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बंैकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङका सुविधाका साथै अन्य एसएमई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।