२०८१ बैशाख ४ , मंगलबार

देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ ।आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

 

साथै कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली हुनेभएको छ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।