२०८१ बैशाख ८ , शनिवार

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ

सुनाखरी न्युज/ भक्तपुर । मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका-१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका-१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।