२०८१ बैशाख ८ , शनिवार

तरलता समस्या समाधान गराउन कोषलाई बैकर्सको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन ।

 

कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिए । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले तरलता समस्याको कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढि रहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि बृद्धि भएको, बिभिन्न बँैकहरुबाट जारी गर्ने डिबेन्चर निस्काशनमा बृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे धारणा राख्नुभयो । उहाँले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराउनुभयो ।

 

कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राख्नुभयो । सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचोे औल्याउनु भयो । उहाँले कोषले अर्थतन्त्रमा योगदान पु¥याउने तर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता व्यक्त गर्नुभयो ।