२०८१ बैशाख १३ , बिहिवार

बिराटनगरमा जसपाको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रीत एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बिराटनगरको कञ्चनजङ्गा पार्टी प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिनु भएको थियो । पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्रशिक्षण दिइएको प्रदेश नम्बर १ समितिका अध्यक्ष प्रविण चाम्लीङले बताउनु भयो ।

 

प्रशिक्षीत प्रशिक्षकहरुले प्रदेश नम्बर १ का १४ वटै जिल्लामा ५ वटै समुह बनाएर भाद्र ३० गतेभित्र प्रशिक्षण दिने गरी कार्य तालिका तय गरिएको छ । प्रशिक्षणमा पार्टीको नीति, विचार, शिद्दान्त, मुद्दा र समग्र निर्वाचन अभियान नै प्रशिक्षणको विषय रहेको थियो । निर्वाचन केन्द्रीत कार्यक्रमहरु अगाडि बढाइएको र शुक्रबार पहिचानमा आधारित राष्ट्रिय समितिको निर्वाचन केन्द्रीत अभिमुखिकरण कार्यक्रम धरानमा गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।