२०८० चैत्र १६ , शुक्रवार

देउवालाई जिल्ला सभापतिहरूले भने- ‘संघ नपाए प्रदेशका दुवै क्षेत्र कांग्रेसले राख्नुपर्छ’

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने माग गरेका छन् । बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् ।

 

सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा सिटको बाँडफाँट हुने र कतिपय सिट अन्य पार्टीहरुलाई दिनुपर्ने अवस्था रहेकोमा कांग्रेस सभापतिहरुले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग गरेका हुन् । धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले प्रदेशका १३ वटै जिल्ला सभापतिहरुको तर्फबाट आफूले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको बताए । ‘मतदाताले मतपत्रमा प्रत्यक्षतर्फ नै रुख चुनाव चिन्ह रोज्न पाउनुपर्छ । रुख चुनाव चिह्नबिनाको मतपत्र हुनु पार्टीका लागि राम्रो होइन,’ उनले भने, ‘हामीले सबै क्षेत्रका जनताले कांग्रेसलाई रोज्न पाउनुपर्ने माग सभापतिसमक्ष राखेका छौँ ।’

 

गठबन्धन हुँदा कांग्रेसले चितवन-३, धादिङ-१, सिन्धुपाल्चोक-१, काभ्रे-१, काठमाडौं-२, काठमाडौं-८, रामेछाप, मकवानपुर-१, नुवाकोट-१ र ललितपुर-१ अन्य दललाई छोड्नुपर्ने अवस्था छ । जिल्ला सभापतिहरुले ती क्षेत्रमा संघमा गठबन्धनका अन्य दलबाट उम्मेदवार भए प्रदेशका दुवै क्षेत्र का‌ग्रेसले आफ्नो भागमा राख्नुपर्ने माग गरेका छन् । ‘बरु हामी एक्लै चुनाव लड्न तयार छौँ । भेटमा कुनै पनि क्षेत्रमा कांग्रेसका उम्मेदवार नहुने अवस्था आउन नदिन आग्रह गरेको दोलखा सभापति बर्मा लामाले बताए । ‘प्रदेश क्षेत्र अन्य दलले मागे कांग्रेसले संघ छोड्नुहुदैन ।