२०८० चैत्र १५ , बिहिवार

रियलमीले नेपालमा पहिलो पटक ८२८ फ्यान फेस्टिवल आयोजना गर्यो

सुनाखरी न्युज/ काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गर्यो। रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा भाद्र १२, २०७९ गतेका दिन हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो।

 

रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उदेश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराउनु थियो। ८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइयो। कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान र केही मिडिया व्यक्तित्वहरू सहभागी थिए।

 

कार्यक्रमको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भन्नुभयो, “यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो। रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ। हामीलाई आशा छ यस कार्यक्रममा उहाँहरुले रमाइलो गर्नु भयो होला। भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने वाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं। ”

 

यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र “फोटो अफ द डे”प्रतियोगिता रहेको थियो जहाँसमिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो।