२०८१ बैशाख १२ , बुधवार

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं । राउण्ड टेवल नेपालको २०७९ भदौ १८ गते सम्पन्न २२ औं साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

 

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभा बाट उपाध्यक्ष नितेज कुमार अग्रवाल, महासचिवमादिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिलबंशल चयन हुनु भयो । निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराउनु भएको थियो ।

 

सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आउनु भएको थियो । साधारणसभामा देशभर बाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।