२०८१ बैशाख १३ , बिहिवार

हुन्डाई औरा: स्टाइलिश र विभिन्न विशेषताहरुका साथ

सुनाखरी न्युज/ काठमाडौं । हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बनेका छन। हुन्डाईले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको छ।

 

हुन्डाई औरा नेपाली ग्राहकहरूको 'भाइब्रेन्स अफ पोजिटिभिटी' र 'स्पिरिट टु गो द डिस्टेन्स' द्वारा परिभाषित गरिएको छ । पुरानो गाडीबाटअपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरुका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट 'Sensuous Sportiness' शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ । हुन्डाई औराको अगाडीको भागमा Boomerang Daytime Running Lamps (DRL), Premium Satin Front Grille र Projector type Fog Lamps जडान गरिएको छ ।

 

Coupe जस्तो ढाँचा र Unique Character Lines ले यो गाडीलाई अझै आकर्षक देखाएको छ । यसमा प्रयोग भएको R14 Diamond Cut Type Alloy Wheel ले यसको साइड प्रोफाइल आकर्षक देखाउनुका साथै Ground Clearance 165mm छ। फराकिलो र बलियो bumper design, LED Tail Lamp र Stylish 3-Dimensional Outer Lens को साथ हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न छ । ट्रन्कको ढोकामा Chrome Strip र Glossy Black Wrap ले यसलाई आफ्नो यही segment को गाडीहरु भन्दा सबै भन्दा आकर्षक Sedan बनाउँछ । आकर्षक रुप, सवारीको सहज अनुभव र आधुनिक प्रविधिको सन्तुलित संयोजन हुन्डाई औरामा पाइन्छ ।

 

 

उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउदा सहज अनुभव गराउछ । यसमा प्रमाणित 1.2L Kappa Dual VTVT पेट्रोलले ६ हजार RPM ६००० RPM @ ८३ PS पावर र ४००० RPM @ ११.६ KGM सुधारिएको इन्धन दक्षता प्रदान गर्दछ। औरा आफ्नो सेगमेन्टमा सबैभन्दा इन्धन इफिसियन्ट गाडी हो । हुन्डाईले आजको बजारको आवश्यकता अनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ । सोही कुरा हुन्डाई औराको आरामदायी र सहज विशेषताहरुमा स्पष्ट देखिन सकिन्छ । यसको आरामदायी क्याबिन, ग्लोभ बक्स कुलिङ, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेवल रियर हेडरेस्ट, रियर AC भेन्टस्, किलेस् इन्ट्री, स्टीयरिङ व्हील माउन्टेड कन्ट्रोलस, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस. र अन्य विशेषताहरू सहित औराको सम्पूर्ण क्याबिन प्रिमियम र धेरै व्यावहारिक बनाइएको छ ।

 

 

हुन्डाई औराको बनावट गुणस्तर उच्च रहेको छ । एकीकृत ६५ % AHSS ले डिजाइन गरिएको हुदा, शरीरको संरचना हलुका भए पनी बनावट मज़बूत छ. जसले उच्च गतिको स्थिरतामा कहिल्लै सम्झौता गर्दैन । नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य रू. ३६ लाख ५६ हजार रहेको छ ।