२०८१ बैशाख ७ , शुक्रवार

नक्शा पास नगरी बनाइएका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गराउन काठमाडौं महानगरको अल्टिमेटम

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुका लागि ९० दिने सूचना जारी गर्दै नक्शा र विवरण पेश गर्न भनेको छ ।

 

आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई ९० दिनको समय दिएको हो । मापदण्ड अनुकूल रहेका तर नक्सा पास नगरी बनाइएका त्यस्ता भवनहरूको नक्शा र विवरण सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र पेश गरी स्वीकृत गराउन भनिएको छ ।

 

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णय बमोजिम कारबाही गर्ने चेतावनी पनि महानगरपालिकाले दिएको छ ।