२०८१ बैशाख १३ , बिहिवार

पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।