२०८१ बैशाख १३ , बिहिवार

फोटोनले ल्यायो सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक

सुनाखरी न्युज/ काठमाडौं । नेपालको लागिफोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलप्रा.लि.ले सम्पूर्ण नयाँअमार्क टिएक्स मिनी ट्रकनेपालमा पेश गरेको छ ।

 

भाद्र २१ गते औपचारिक रुपमाबिक्रीशुभारम्भ गरिएको यो व्यावसायिकमिनी ट्रकनेपालको सबै मुख्य शहरहरुमा उपलब्ध गराइएको छ ।विशेषतः व्यावसायिक उद्देश्यहरु परिपूर्तिका लागिनिर्माण गरिएको अत्याधुनिकनवीनतमअमार्क टिएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङ संग संयोजन गरिएको छ । अविश्वसनीय माइलेज र ४१३० केजीसम्मको भार बहनक्षमताभएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट उच्चतम नाफा आर्जन गर्न सकिने दावीकम्पनीले गरेको छ ।

 

भर्टिकलद्वारा शक्तिप्रदत्त, इन–लाइन, पानीचिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ, अधिकतम ३६०० आरपिएममा७६ कि.वा.प्रतिफलदिने बिजे४९३जेडएलक्युभि१(इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्याँकसहितअधितकम टर्क १९००–२२०० आरपिएममा२२५ एनएमभएको नयाँअमार्क टिएक्सपिक अप समुहमाआवश्यक पर्ने हर प्रकारको व्यावसायिकआवश्यकताहरु पूरा गर्न सक्षम छ ।

 

जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको यस पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भनें जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्यूनतम १९० मिमि रहेको छ । कम्पनीकाअनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्तएर्गोनोमिक र हिटर समेत भएको आरामदायीक्याबिनहरु, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एँगल लेन्ससहितनिर्माण गरिएको छ । साथै पिकअपमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् ।

 

यी सबकाअतिरिक्तविश्व स्तरीय अमार्क टिएक्समा अत्यन्त भरपर्दो ब्रेकिङ प्रणालीहरु जडित छन् । यसमा सर्भिस ब्रेकको प्रकतिमाहाइड्रोलिक, फ्रन्ट÷रीयर ड्रम रहेका छन् भनें पार्किङ ब्रेकप्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन् ।“अधिकतममाइलेज र उच्चतमभार बहनक्षमताको अभूतपूर्व ग्राहकमुल्य प्रस्तावयुक्त यो नयाँअमार्क टिएक्स ट्रकको बिक्रीशुभारम्भका साथ यस अटोले नेपालको अटो बजारमा सर्वोत्कृष्टता र ग्राहक संख्यामानयाँ आँकडा स्थापित गर्नेछ” ।