२०८१ बैशाख ७ , शुक्रवार

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबिच आकर्षक छुट गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र गोल्फुटार स्थितकाठमाण्डौं नेत्रालय प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख  कृष्ण दवाडी र काठमाण्डौं नेत्रालय प्रा. लि.का तर्फबाट निर्देशक रोहित सैंजुद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त हस्पिटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाण्डौं नेत्रालय प्रा. लि.द्धारा सञ्चालितसम्र्पूण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

उक्त सम्झौता अन्तर्गतकाठमाण्डौं नेत्रालय प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,काठमाण्डौं नेत्रालयप्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।