२०८१ बैशाख १३ , बिहिवार

तोलामा एक हजारले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।