२०७९ आश्विन १६ , आइतवार

नेपाल विद्युत प्राधिकरण सहित १७ संस्थालाई १० दिनभित्र कर तिर्न काठमाडौं महानगरको निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र काटेको छ ।

 

महानगरपालिकाले कर नतिर्ने संस्थाहरुलाई पत्र लेख्दै १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो । वर्षौदेखि महानगरलाई कर नबुझाएका भन्दै महानगरले पत्रमा लेखेको छ, ‘सम्पत्ति कर बुझाउन महानगरबाट पटक –पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा यस पत्र प्राप्त गरेको १० दिन भित्र सम्बन्धित वडालाई कर बुझाउन अनुरोध छ ।

 

तोकिएको समयमा सम्बन्धित वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी सरह असूलउपर गरिने चेतावनी समेत महानगरले दिएको छ ।

यी हुन् काठमाडौं महानगरलाई कर नतिर्ने संस्थाहरु