२०८१ बैशाख ७ , शुक्रवार

पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद

सुनाखरी न्युज/ काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले सफाइ पाएका छन् ।

 

जिल्ला अदातल, नवलपुरले अभिनेता शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ । मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत चैतमा पीडितका बाबुले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए ।

 

पीडितका बुवाले अभिनेता शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरेका थिए ।