२०८० चैत्र १६ , शुक्रवार

सिलवालले गरे काठमाडौं ६ बाट स्वतन्त्र उमेदवारी घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नागरिक अभियान्ता मुकुन्द सिलवालले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।

 

आगामी संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि सिलवालले उमेदवारी घोषणा गरेका हुन् । सिलवाल लामो समयदेखि सम्पदा संरक्षण अभियान, जातीय विभेदविरुद्ध भूमि,भाषा, कला,संस्कृति,गूठी,गैरन्यायीक सडक बिस्तार,रास्ट्रिय स्वाधीनता,वातावरणीय क्षेत्र मा,साथै उत्पीडनमा परेका आदिवासी,दलित,जनजाति, महिला, मधेसी मुस्लिम सम्पुर्ण न्यायप्रेमी नेपाली नागरिकको अधिकार प्राप्तिको यात्रामा अनवरत छन उमेदवारी घोषणा गर्दै सिलवालले सामूहिक विचार, सामूहिक निति, सामूहिक नेतृत्व निर्माण गर्दै एकल व्यक्तिवादको विरुद्धमा युवापुस्ता उभिनुपर्ने बताए । उनले आफूलाई सहयोग गर्न मतदातालाई अपिल गरेका छन् ।

 

काठमाडौं क्षेत्र न ६ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो स्वोतन्त्र उम्मेद्बारी घोषणा गरे संगै चुनावी जन जागरण अभियानमा पाइला अगाडि बढाउंदै,काठमाडौं क्षेत्र न ६ मा काठमाडौं महानगर पालिका का २६,२७,२८ वडा टोखा नगरपालिका का १,८,९,१०,११ वडा साथै तारकेश्वोर नगरपालिका का १,२,६,७,८,९,१०,११ वडाहरु पर्दछ।