२०८१ बैशाख ६ , बिहिवार

काठमाडौं क्षेत्र नं ६ मा सवुजलाई उम्मेदवार वनाउन जिल्ला कार्य समिति काठमाडौंको आग्रह

सुनाखरी न्युज/काठमाडौं ।
काठमाडौं क्षेत्र नं ६ मा सवुजलाई उम्मेदवार वनाउन जिल्ला कार्य समिति काठमाडौंले आग्रह गरेको छ ।

वानियाँ दुई पटक सम्म जिल्ला कार्य समिति काठमाडौंको सभापति वनिसकेका ब्यक्ति हुन् । उनले काठमाडौं क्षेत्र नं ६ मा वाहेक अन्यत्र चासो नराखेकोले सो क्षेत्रवाट उनैलाई सर्वसम्मत उम्मेदवार वनाउनुपर्ने निर्णय जिल्ला कार्य समिति काठमाडौंको १८ गते शनिबार सम्वन्न बैठकले सर्वसम्मतरुपमा गरेको हो ।
वानियाँले सो क्षेत्र नछाडेमा सो क्षेत्रका वर्तमान साँसद भिमसेनदास प्रधानलाई समानुपातिक सूचिमा राख्नुपर्ने सुझाव समेत जिल्ला कार्य समितिले दिएको समिति स्रोतले जानकारी दियो ।