२०८० चैत्र १५ , बिहिवार

डेंगुका बिरामी बढेपछि टेकु अस्पतालको प्यासेजमै थपियो बेड

सुनाखरी न्युज/ काठमाडौं ।

डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ । बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ जसमा १ जना गम्भीर अवस्थाका छन् । उनले जनरल वार्डमा १२ बेड भने अहिले खाली रहेको बताए ।

हाल टेकु अस्पतालमा दैनिक डेंगु क्लिनकमा आउनेको संख्या २०० भन्दा बढी छ भने इमरजेन्सीमा ७० बढी बिरामी आइरहेका छन् ।

डेंगु ७५ जिल्लामै फैलिसकेको छ।