२०८१ बैशाख ७ , शुक्रवार

नेप्सेको ओरालो यात्रा कायमै, २१ अंकले घट्यो परिसूचक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से २१.२२ अंकले घटेर एक हजार ९ सय ५१ दशमलब ७९ विन्दुमा बन्द भएको छ ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६८ अंकले बढेर प्रतिकित्ता १०४२ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार सानिमामाई हाइड्रोपावरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज ९१ करोड ४१ लाख भन्दा बढीको कारोबार भएको छ ।