२०८० चैत्र १५ , बिहिवार

हेमजामा सार्वजनिक शौचालयको प्रयोग सुरु

गोविन्द तिमिल्सिना / हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ ।

 

हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अबधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए । वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्र बाट सहयोग गरेकोमा धन्यवाद दिदै एक बर्ष भित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे । महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउदै अन्य व्यवसायीलाई साजेदार गर्न आग्रह गरे । हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए ।

 

उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउदै मार्केटमा पार्किङ गर्न दिने बताए । विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजि शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको बताए । कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले बोलेका थिए । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति रहेको थियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईश्वरी बाँस्तोलाले गरेका थिए ।