२०८१ बैशाख १३ , बिहिवार

मापसे गरी भाडाको ट्याक्सी र एम्बुलेन्स चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

सुनाखरी न्युज/ काठमाडौं । मदिरा पिएर सार्वजनिक भाडाको ट्याक्सी र एम्बुलेन्स चलाउदै गर्दा रात्रीकालिन चेकिङमा भेटिएका २ जनालाई चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतहरूमा पठाएको छ ।

 

काठमाडौंको हलचोकबाट गएराती साढे ९ बजे, पक्राउ परेका बा२ज ४६ ५९ नम्बरको ट्याक्सी चालक नुवाकोटको बेलगडी नगरपालिका ५ घर भएका रन्जन अधिकारीले मदिरा सेवन गरेको पाइएकाले उनलाई ट्राफिक प्रहरीले ट्याक्सी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा बुझाएको छ ।

 

यस्तै, मदिरा पिएको अवस्थामा प्रदेश २–०२–००१च ०१ ८१ नम्बरको एम्बुलेन्स चलाउदै गरेका चालक धनुषाको ढल्केवरका ३५ बर्षीय कमल बहादुर श्रेष्ठलाई पनि गएराती ११ बजे, काठमाडौंको महाराजगंजबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी प्रहरी वृत्त महाराजगंजमा बुझाइएको छ । मा.प.सेको कसुरमा कारवाहीमा परेका दुवै चालकलाई सम्बन्धित वृत्तहरूले अभद्र व्यवहारको कसुरमा मुद्धा दायर गर्न म्याद थपको लागी जिल्ला अदालत पठाएको छ ।