२०८० चैत्र १६ , शुक्रवार

कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनाल को सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।

 

उक्त सभामा कम्पनिको आ. व. २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सानहिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरु सँग सम्बन्धित अनुसुचिहरु पारीत भयो । सभाले कम्पनिको हालकायम चुक्ता पुँजि रु. ४०,००,००,००० को ५ प्रतिशतले हुनआउने रु. २,००,००,००० (अक्षरेपि रु. दुई करोड मात्र) नगदलाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममति बाट पारित गरेको छ ।

 

अन्तमा, सभाका अध्यक्षले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोग बाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास दिलाउँदै शेयरधनि कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरु बाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामिदिनहरुमा अझ बढि सहयोग प्राप्तहुने विश्वास व्यक्त गर्नुभयो ।