२०८१ बैशाख १३ , बिहिवार

प्रतितोला तीन सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको हो । आज सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।