२०८१ बैशाख ६ , बिहिवार

धर्मस्थली प्रवेशद्वारको उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं ६ स्थित जरकुबाट धर्मस्थली बजार जाने बाटोमा धर्मस्थली प्रवेशद्वारको उद्घाटन भएको छ ।

गत सोमवार तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले उक्त धर्मस्थली प्रवेशद्वारको उद्घाटन गर्नु भएको हो । प्रवेशद्वार उद्घाटन कार्यक्रममा उप– नगर प्रमुख सृजना बुर्लाकोटी, धर्मस्थली प्रवेश द्वार समितिका अध्यक्ष सानुबाबु बिंदुकार, पूर्व नगरप्रमुख रामेश्वर बोहरा, वडा नं ६ धर्मस्थलीका वडा अध्यक्ष घनश्याम श्रेष्ठ, बिभिन्न पार्टीका प्रतिनिधिहरु, अनुगमन समितिका प्रतिनिधिहरू, समाजसेवी, बुद्धीजीवि तथा वडाबासीहरूको उपस्थितिमा धर्मस्थली प्रवेशद्वारको उदघाटन सम्पन्न भएको हो ।

 

प्रवेशद्वार समितिले प्रवेशद्वार निर्माणमा साथ र सहयोगी हातहरू सम्पूर्णलाई धन्यबाद ब्यक्त गरेको छ ।