२०८१ बैशाख १३ , बिहिवार

साफ महिला च्याम्पियनशीप आजदेखिः उद्‍घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

सुनाखरी न्युज/ काठमाडौं । आजदेखि सुरु हुने छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो पहिलो उद्‍घाटन खेल भुटानसँग खेल्दैछ ।

 

नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लामो समयपछि दशरथ रंगशालामा खेल्न लागेको हो । चारपटकसम्म भारतसँग फाइनलमा हार व्यहोर्दै उपविजेताको रुपमा रहेको नेपाल घरेलु मैदान र समर्थकको साथमा छैटौं संस्करणको फाइनल उपाधी जित्‍ने लक्ष्यसहित मैदानमा उत्रदैछ ।

 

साफ च्याम्पियनसिप बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक राष्ट्र नेपालले छैटौं सस्करणको प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रतियोगितमा भाग लिनका लागि दक्षिण एसियाका सातै देशका खेलाडिहरु काठमाडौं आइपुगिसकेका छन् । भुटान भने दश दिन अगाडि नै नेपाल आइसकेको छ ।

 

नेपालमा लगातार दोस्रोपटक महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि सन् २०१९ मार्चमा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो । नेपाल भन्दा अघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले एक–एक संस्करणको आयोजना गरेका छन् । साफ च्याम्पियनसिप खेल आगामी असोज ३ गतेसम्म चल्ने छ ।