२०८१ बैशाख १२ , बुधवार

“Hyundai Festive Delight 2078” अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको “Hyundai Festive Delight 2078” अफरको विजेतालाई पुरस्कार हस्तान्तरण अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

 

थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्धारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नुभयो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई i20 जित्ने मौका पाएका थिए।

“Hyundai Festive Delight 2078” अफरको विजेतालाई पुरस्कार हस्तान्तरण अफरको विजेताको घोषणा HIMALAYA TV मा Live लक्की ड्र मार्फत २०७९ भाद्र ९ गते गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहनु भएको थियो। “Hyundai Festive Delight 2078” अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई i20 जित्नु भएको थियो ।

 

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र “Hyundai Festive Delight 2078” योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।