२०८१ बैशाख ११ , मंगलबार

अनमोल बचत तथा ऋण सहकारीको अध्यक्षमा बराल

सुनाखरी न्युज/  पोखरा । पोखरा १७ छोरेपाटनमा अबस्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लि।को शनिबार सम्पन्न एघारौं साधारण सभा तथा पाँचौ अधिबेशनले खेमराज बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ ।

 

समितिको उपाध्यक्षमा टिकाराम बराल, सचीवमा एकनारायण भण्डारी, कोषाध्यक्षमा विष्णु तिमिल्सिना, सहसचिवमा साबित्रा पौडेल, सहकोषाध्याक्षमा सीता ढकाल र सदस्यहरुमा पुष्पा कार्की, थम कुमारी गुरुङ, सुभास अधिकारी, चतुर्भुज पहारी र रमेश कोइराला रहेका छन् । त्यसै गरि सभाले माधब भट्टराईको संयोजकत्वमा मधु पौडेल र लक्ष्मी पोखरेल सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाहीले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले तल्लो बर्गलाई उत्पादनमा जोड्न सके देशमा समृद्धि हासिल गर्न सकिने बताउनु भएको थियो ।

 

कार्यक्रममा कास्की बचत तथा ऋण संघ कास्कीका कार्यबाहक सचिव अधिबक्ता मिना रानाभाट, संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, सल्लाहकार प्रबिण पौडेल, सितल बचत ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी लम्साल, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति झपिन्द्र राज रेग्मी, छोरेपाटन माबीका प्रधानाध्यापक डिल्लीराम शर्मा, शेयर टीकाराम पोख्रेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने महिला परिचालन उपसमिति संयोजक साबित्रा पौडेलले सहकारी सम्बन्धि कविता बाचन गर्नु भएको थियो ।

 

सहकारीका अध्यक्ष बद्रीनाथ पहारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष माधब भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक छबिलाल पनेरुले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा ७० बर्ष पार गरेका जेष्ठ सदस्यहरु श्याम लाल बराल, शोभाखर ढकाल र बलबहादुर रानाभाट, बिद्यार्थीहरु सन्देश बराल, आइस्ता लामिछाने, कानुनी सल्लाहकार महेन्द्र प्रसाद तिमिल्सिना, उत्कृष्ट कारोबार कर्ता बिष्णु माया आले, उत्कृष्ट बचत कर्ताहरु रेशम रमण सुवेदी र यम कुमारी रानालाई सम्मान गरिएको थियोे ।

 

संस्थाका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खेमराज बराल ९ध्रुव०ले र संचालन सचीव एकनारायण भण्डारीले गरेका थिए भने धन्यवाद ज्ञापन निबर्तमान अध्यक्ष माधब पहारीले गर्नु भएको थियोे ।