२०८१ बैशाख ७ , शुक्रवार

गोंगबु बसपार्क क्षेत्रमा चल्यो महानगरको डोजर, घर भत्कने डरले आफैं अवैध संरचना हटाउँदै घरवेटी

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । कोटेश्वर क्षेत्रको अवैध संरचना आइतबार  हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ । म्हेपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको पाण्डेले बताए ।

महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ । नेपाल प्रहरीको टोलीले नगर प्रहरीको आग्रहमा भीडलाई हटाएको महानगरले जनाएको छ ।