२०८० चैत्र १६ , शुक्रवार

बढ्न थाल्यो बैंकमा निक्षेप, पछिल्लो एक साता थपियो ११ अर्ब

सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार भदौ १० देखि १७ गतेसम्म वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ १० गतेसम्म कुल ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भदौ १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब पुगेको छ ।

 

यद्यपि समग्रमा असार मसान्तसम्मको तुलनामा निक्षेप १ खर्ब ४ अर्ब घटिसकेको छ । असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

चालु आर्थिक वर्ष ९साउन० लागेदेखि निरन्तरजसो निक्षेप घट्दै आएको थियो । निक्षेपमा आएको कमीका कारण अधिक माग हुँदा पनि बैंकहरुले कर्जा दिन सकेका छैनन् । भदौ १० देखि १७ गतेसम्म एक साताको अवधिमा थप १ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म थप ६ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा भदौ १७ गतेसम्म आउँदा ४१ खर्ब ८१ अर्ब पुगेको छ ।