२०८० चैत्र १६ , शुक्रवार

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथएमआरबी’ सफलता पुर्वक सम्पन्न भएको छ ।

 

भाद्र १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकलराइड कार्यक्रममाचर्चित MOTO VLOGER सँगै राइड मनपराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो ।राइडमा नेपालमाविभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । माइपेका प्रमुखकार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्नउक्त राइड कार्यक्रम भक्तपुरको राधेराधे देखि काभ्रेको धुलिखेल सम्म पुगेको थियो । कार्यक्रममा पछिल्लो समय युवाहरु माझ निकै चर्चित MOTO VLOGER विविदजंगथापा (एमआरवि) सँगै नायिका स्वस्तिमा खड्का,नायकनीराजनप्रदानको समेत उपस्थिती रहेको थियो ।कार्यक्रममा ¥याप समूह ट्रिपीग्याङतथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।

 

माइपे का सिइओ मनोज मेहतालेनेपालीयुवाहरु माझलोकप्रियमाइपे वालेटले आगामीदिनमा समेतयुवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए । यस्तै राइड कार्यक्रमलाई सम्बोधनगर्दैमाइपेका विजनेस तथामार्केटिङ्ग हेड रोशनसिग्देलले युवाहरुमाझ लोकप्रियबन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइडकार्यक्रमआयोजना गरेको बताए ।

 

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुखकार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथाआफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएकाथिए । डिजिटल भुक्तानी प्रति जनचेतनाअभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ छ ।