२०८१ बैशाख ७ , शुक्रवार

भदौ २९ देखि सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने

सुनाखरी न्युज/ काठमाडौं । यो वर्षको दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

 

सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

 

चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि पब्लिक(सर्वसाधारण) बाट नयाँ नोटको माग धेरै आउने गरेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने नेपालले बताए ।