२०८१ बैशाख ८ , शनिवार

मनकामना केबलकार २५ गते शनिबार देखि संचालनमा आउने

सुनाखरी न्युज/ काठमाडौं । केबलकारमा प्रयोग हुँदै आएको एनालगकनेक्ट प्रणाली लाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ ।

 

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणाली लाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका संपूर्ण नयाँ  पार्ट्सपुर्जा फेरिएको छ । केबलकारको महतोपूर्णपार्ट्सगों डोलाको सबै ग्रिपहरु फ़ेरिएको छ ।

 

गिए र बॉक्स को चेक तथा अलायन्मेंट मिलाउनेकार्यका साथै ४ टावरहरुको पार्ट्स फेरने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेरनेकार्य अलावा संपूर्णटावरको निरीक्षण गरी पूर्णरूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ ।