२०८१ बैशाख ७ , शुक्रवार

एनआईबिएल एस क्यापिटलले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमति प्राप्त गरेको छ।

 

नेपाल धितोपत्र बोर्डबाट भदौ १९ गते क्यापिटलले नेपालको पुँजीबजारमा विशिष्टीकृत लगानी कोषअन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो। विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ एवं निर्देशिका तथा प्रचलित नियमकानुनको अधिनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अगाडि बढाउनेछ र इकाइ बिक्रीमार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका सेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्नेछ।

यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाइधनीलाई वार्षिक प्रतिफलका रुपमा वितरण गर्ने उद्देश्यसमेत क्यापिटलले राखेको छ।