२०८१ बैशाख १३ , बिहिवार

काठमाडौं क्षेत्र नं. ७ ख’ प्रदेशसभा सदस्यमा वासुदेव लामाको दाबी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं को क्षेत्र नम्बर ७को ख प्रदेशबाट वासुदेव लामाले दाबी गरेका छन् । लामा नेपाली कांग्रेस काठमाडौं को क्षेत्र नम्बर ७(ख) प्रदेशको सभापति हुन् ।

 

लामा निकै लामो समय देखि पार्टीमा आबद्ध रहि विभिन्न काम गर्दै आएका छन् । वि.स २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेस तर्फबाट तारकेश्वर नगरपालिका वडा नं: ५ बाट वडा अध्यक्षमा लामा उमेदवार रहेका थिए । उनी विभिन्न सामाजिक सस्थाहरुमा पनि अग्रस्थानमा रहि समाजिक कार्यहरु गर्दै आएका छन् ।

 

बिश्वभर फैलिएको प्राणघातक रोग कोभिड १९ को संक्रमणको बेला पनि लामा निकै खटिएका थिए । लामो समयदेखि सामाजिक काममा सक्रिय युवा उद्यमी समेत रहेका लामाले आम जनताको सुख दुःखमा साथ दिँदै आएका छन ।